सांसद शान्ताकुमारी चौधरीकी आमा–छोरीसँगै एसईई उत्तीर्ण

आजको खबर   |    प्रकाशित : २०७६ असार १३ गते १:२४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ताकुमारी चौधरीले माध्यमिक शिक्षा परिक्षा (एसइई) उत्तीर्ण गरेकी छन् । उनी आफ्नो छोरी बिनु चौधरीसँगै एसइई उत्तीर्ण भएकी छन् ।

उनले कूल प्राप्ताङ्कमा २.६५ स्तरिकृत अङ्क (जिपिए) प्राप्त गर्दै ‘बि’ ग्रेड ल्याएकी छन् । उनकी छोरी बिनुले भने २.८५ स्तरिकृत अङ्क (जिपिए) प्राप्त गर्दै ‘बि प्लस’ ल्याएकी छन् ।

छोरी बिनुले काठमाडौँको निजी विद्यालयबाट एसइई दिएकी थिइन् । सांसद चौधरीले गत चैतमा महेन्द्र माध्यमिक विद्यालय तुल्सीपुरबाट निजी खुलातर्फ एसइई दिएकी हुन् ।

चौधरीले अङ्ग्रेजी, नेपाली र सामाजिकमा ‘बि’, गणित, विज्ञान, स्वास्थ्य जनसङ्ख्या तथा वातावरण र अर्थशास्त्रमा ‘सि प्लस’ र शिक्षामा ‘बि प्लस’ ल्याएकी छन् ।

घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरस्थित कक्षा ८ सम्म डाँडागाउँ मावि अध्ययन गरेकी चौधरीले त्यसपछि एक वर्ष पढाइ छाडेर एकैपटक एसइईको परीक्षा दिएको उनका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए । सांसद चौधरीले पढाइलाई निरन्तरता राख्नेसमेत बताइन् । ‘‘यही वर्ष कक्षा ११ मा भर्ना गरेर पढाइलाई निरन्तरता दिन्छु’’, उनले भनिन् ।

चौधरी मुक्त कम्मलहरी हुँदै पहिलो संविधानसभामा तत्कालीन नेकपा (एमाले)बाट संविधानसभामा प्रतिनिधित्व गरेकी थिइन् । उनले ‘कम्लहरीदेखि सभासद्’ सम्म नामक पुस्तकसमेत लेखिसकेकी छन् । रासस

२०७६ असार १३ गते १:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर