देवघाटमा नदीले बगाउँदा एक बेपत्ता, एकको उद्धार

आजको खबर   |    प्रकाशित : २०७६ असार १३ गते ५:११

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीले बगाउँदा बिहीबार साँझ एक बेपत्ता भएका छन् । अर्का एक जनाको भने जीवितै उद्धार गरिएको छ । कालीगण्डकी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएर काठमाडौँ वनस्थली बस्ने २१ वर्षीय किरण घिमिरे बेपत्ता भएका हुन्।

घिमिरेसँगै पौडी खेलेका चितवन भरतपुर महानगरपालिका–११ बसेनी बस्ने २३ वर्षीय शिवहरि सुवेदीलाई भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। सुवेदी र घिमिरे नाताले मामा भान्जा हुन्।

नदीले बगाएको अवस्थामा हारगुहार गर्दा सुवेदीलाई स्थानीयवासीले उद्धार गरेका थिए भने घिमिरे भने हालसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ। जीवितै उद्धार गरिएका सुवेदीको अवस्था सामान्य रहेको र बेपत्ता रहेका घिमिरेको भने खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ असार १३ गते ५:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर