भरतपुरका संस्थापक मेयर चुकेको निधन

आजको खबर   |    प्रकाशित : २०७६ असार १४ गते ३:४०

चितवन । तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको ८४ वर्षको उमेरमा निधन भएको छ।

चितवनको नारायणगढमा रहेको आफ्नै निवासमा शुक्रबार बिहान उनको निधन भएको पारिवारिक स्रातले जनाएको छ । १४ वर्ष अगाडि ‘मर्निङ वाक’ हिँडेका बेला मोटरसाइकलले ठक्कर दिएपछि घाईते भएका उनी लामो समय थलिएका थिए।

चुके २०३५ मा तत्कालीन भरतपुर नगरपञ्चायतको मेयर बनेका थिए भने बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनः स्थापना भएपछि पनि उनी भरतपुर नगरपालिकाको मेयर बनेका थिए । प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षीय सांसदसमेत हुन्।

चुके विसं १९९२ कात्तिक १ गते गुल्मी जिल्लाको बामेटक्सारमा  जन्मिएका थिए । स्वर्गिय चुकेको शनिबार बिहान देवघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

२०७६ असार १४ गते ३:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर