आयुर्वेद पुनर्जागरणमा सरकार : सभामुख महरा

आजको खबर   |    प्रकाशित : २०७६ असार १९ गते ४:१४

तुलसीपुर । सभामुख कृष्णबहादुर महराले नेपालमा आयुर्वेदको इतिहास महत्वपूर्ण रहेको बताउँदै वर्तमान सरकार आयुर्वेद पुनर्जागरण अभियानमा लागेको बताएका छन्।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङको आयोजनामा आज तुलसीपुरमा आयुर्वेदसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सभामुख महराले विगतमा कुनै चोटपटक अथवा बिरामी हुँदाको उपचार स्थानीय जडीबुटीबाट नै गर्ने प्रचलन रहेको स्मरण गरे।

‘विगत जस्तै त्यो अहिले पनि कतिपय मानिसले प्रयोग गर्दछन् तर आधुनिक प्रविधि आइसकेपछि पछिल्नो समयमा आयुर्वेदको महत्व कम हुँदै गएको छ’, उनले भने।

‘ग्याष्टिक हुँदा काँचो केरा खाने, काफलको जामुनोको बोक्राको रस खाने, घाँस काट्दा हात काट्यो भने दुदेपात लगाउनेजस्ता प्राचीन उपचारको विधि अझै पनि गाउँघरमा हुने गरेको छ’, सभामुख महराले भने। नेपाल प्राकृतिक स्रोतको धेरै सम्भावना भएको देश भएकाले यसकोे स्थानीयस्तरबाट संरक्षण र प्रर्वद्धन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ।

त्यस्तै कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद संस्थानका डिन डा सञ्जय पोख्रेलले विज्ञ जनशक्तिको अभावका कारण आयुर्वेदिक चिकित्साको विकास हुन नसकेको बताए। कार्यक्रमका प्रदेश स्वास्थ्य निर्देशनालयका आयुर्वेद विज्ञ डा बुद्धिप्रसाद पौडेलले सातै प्रदेशमा ५० श्ययाको आयुर्वेद अस्पताल स्थापना गरिनुपर्नेमा जोड दिए। उनले प्रस्तुत गरेको प्रस्तुतिमा आयुर्वेद, योगा र प्राकृतिक उपचार पद्धतिलाई राज्यका ७३३ स्थानीय तहमै लैजानुपर्ने सुझाव थियो।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनस्वास्थ्यमा सबैको पहुँच पुर्याउनका लागि ठूलो परिवर्तनको अभियान सञ्चालन गरेर नगरका १९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको जानकारी दिए।

२०७६ असार १९ गते ४:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर