ज्ञानेन्द्र शाही पोखरामा बोल्दा उर्लियो जनसागर (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असार २३ गते ४:३१

भ्रष्टचार विरुद्ध अभियान ‘नेपालका लागि नेपाली’ अभियान देशव्यापी पुग्ने लक्ष्यका साथ अघि बढिरहेको छ। देशको कुनाकाप्चामा पुगी भईरहेको भ्रष्टचारको उजागर गरी भ्रष्टचारको अन्त्य गर्न अभियान्ताहरु लागि परेका छन्।

अहले यस अभियानका टोली पोखरा पुगेको छ। गत शुक्रबार पोखरा पुगेको टोलीले शनिबार ‘नागरिक जागारण’ कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा पोखरा बासीको ठुलो सहभागिता देखिन्थ्यो।

कार्यक्रममा पोखरामा भईरहेको भ्रष्टचार, अनियमितताबारे उजागर गर्दै पोखराबासीलाई भ्रष्टचार विरुद्ध जाग्नको लागि ‘नेपालका लागि नेपाली’ अभियानकर्ताहरुले पहल गरे। अभियान्ता ज्ञानेन्द्र शाहीसँगै समर्थकहरुले ”भ्रष्टचारी मुर्दाबाद” भन्दै नारा लगाएका थिए।

शाहीले भ्रष्टचारको प्रमाण पनि कार्यक्रममा पेश गरे। उनले अभियानको मंचबाटै सरकारलाई बिकास गर्न नसके राजिनामा दिन आग्रह गरेका छन्। ‘ओली सरकारबाट विकास भएन बरु प्रदेश बाडिए, गुठी र धर्म बेचिए।’ ,उनले भने।

विस्तृत जानकारीका लागि हेर्नुहोस पिएनपीखबरको यो भिडियो :

२०७६ असार २३ गते ४:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर