कतारमा नयाँ शक्ति र संघीय समाजवादी फोरमको प्रवास संगठनबीच एकता हुँदै

आजको खबर   |    प्रकाशित : २०७६ असार २३ गते ६:१९

दोहा । कतारमा नयाँ शक्ति र संघीय समाजवादी फोरमको प्रवास संगठनबीच एकता हुने भएको छ ।

नयाँ शक्ति पार्टीको प्रवास विभाग अन्तर्गतकोको भात्रृ संगठन अन्तराष्ट्रिय नेपाली समाज कतार र संघीय समाजवादी पार्टी फोरमको नेपाली संघीय समाज कतारबीच आगामी जुलाई १२ तारिखमा एकता हुने भएको हो ।

गत बैशाख २३ गते बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरमबीच पार्टी एकता भै समाजबादी पार्टी नेपाल घोषणा भयको थियो । सोही अवसरमा विभिन्न देशहरूमा दुवै पार्टीका भात्रृ संगठनहरुको एकता हुने क्रममा कतारमा  पनि दुवै संगठनबीच एकता हुन लागेको अन्तराष्ट्रिय नेपाली समाज कतारका महासचिव मान बहादुर डाँगीले जानकारी दिए।

उक्त कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथै  ‘राजनीतिक स्थायित्व, संघियता समृद्धि ,सुशासन र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली’ लगायतका विषयमा समेत प्रस्ट्याइने डाँगीले बताए ।

एकता कार्यक्रम सनैया एसियन टाउन ग्राण्ड महलस्थित ह्वाईट हाउस रेस्टुरेन्टको सभा हलमा आयोजना गरिएको छ ।

२०७६ असार २३ गते ६:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर