आगामी ३ दिनसम्म लगातार वर्षा हुने

आजको खबर   |    प्रकाशित : २०७६ असार २४ गते ६:१४

काठमाडौं । आजदेखि तीन दिनसम्म लगातार वर्षा हुने भएको छ । मनसुन सक्रिय भएसँगै अहिले पनि देशका अधिकांश स्थानमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ।

मंगलबार बिहान महाशाखाले जारी गरेको सूचना अनुसार आगामी तीन दिन देशभर लगतार वर्षा हुने सम्भावना छ।

आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ।

भने आज राति देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ।

२०७६ असार २४ गते ६:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर