बारामा चट्याङ लागेर एकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ भदौ ३१ गते १:१३

बारा । बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ।

उखु खेतमा पम्पिङसेटबाट पानी तान्न गएको बेला चट्याङ लागेर आज बेलुका सिम्रौनगढ नगरपालिका–११ का ४० वर्षीय प्रभु साह तेलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।

चट्याङ लागेर आर्दश कोतवाल गाउँपालिका–४ कोइलीडिलका ३० वर्षीय विजय यादव घाइते भएको र उनको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको उनले बताए। रासस

२०७६ भदौ ३१ गते १:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर