भारतको दिल्लीबाट एक नेपाली युवा बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७६ असोज ६ गते ५:४१

नयाँ दिल्ली, भारत । भारतको नयाँ दिल्लीबाट एक नेपाली युवा बेपत्ता भएका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका वार्ड न १८, महेन्द्रनगर स्थायी घर भएका २ महिनादेखि भारतको राजधानी दिल्लीमा बसोबास गर्दै आएका रजत जोशी बेपत्ता भएका हुन् । महानन्द जोशी र श्रीमती उमा जोशीका २४ वर्षीय छोरा रजत गत सेप्टेम्बर ८ तारिखका दिन ओखला भन्ने स्थानबाट बेपत्ता भएका हुन्।

रजत जोशी मोतिलाल नेहरु इन्सीटिट्युट अफ टेक्नोलाजी, इलाहाबादबाट बि. टेक. इन्जिनियरिङ सकाएर फर्दर अध्ययन तथा जागिरका लागि दिल्ली आएका थिए । जोशी बिगत दुई महिनादेखि बि-३८, अल्फा-१ ब्लोक-बि, ग्रेटर नोएडा स्थित रहेको मारुती पीजीमा बस्दै आएका थिए।

जोशी हराएको केहि दिनपछि उनको मोबाइल साइनबाग पुलिस थाना, ओखला नजकै फेला परेको छ । र यसै थानामा एफआइआर दर्ज गराइएको छ।उनीसंग पिजीमा संगै बस्ने साथीले नेपाल फोन गरेर केहि दिन देखि कोठामा रजत नआएको बताएपछि नेपाल देखि उनका बुबा, आमा र दिदी डा. रुचिका रञ्जनलाई खोज्न दिल्ली आईपुगेका छन् । तर दुइ हप्ता बितिसक्दा पनि उनको रञ्जनको कुने पत्तो छैन ।

परिवारका सम्पुर्ण सदस्यहरु लगायत आफन्तजन समेत प्रदेशमा खोज तलासको कार्यमा तल्लीन छन। भाइ भेटिन्छ भन्ने आशाका साथ आफ्नो मास्टर आफ डाक्टरको पढाई बिचमा छाडेर हराएको भाइको खोजीमा दिदी डा. रुचिका जोशी दिल्लीका गल्ली-गल्लीमा पोस्टर चिप्काउदै भौतारियकि छन । बाबा-आमाको पिडा त आफ्नै ठाउमा छ। हुन् सक्छ तपाई हाम्रो सानो खोजि अभियानले उनलाई परिवार संग मिलाउन पो सक्छौ कि १ आ(आफ्नो ठाउँ बाट सक्दो खोजि तलास जारी राखौ ।

भारत प्रवासमा कार्यरत सम्पूर्ण संघ संस्थाका जिम्बेवार प्रतिनिधिहरु लगायत आम नेपालीहरु बिशेस गरि पछिल्लो जानकारीनुसार ओखाल बाट लापत्ता भएकोले सरिता बिहार, ओखाल, बदरपुर लागायतका स्थानमा बस्ने महानुभावहरुले यस खोज तलास कार्यमा सहयोग गरिदिनुहुन बुबा महानन्द जोशीले हार्दिक अपिल समेत गरेका छन ।

यदि कही कतै फेला परेमा अथवा देखिएमा कृपया बुबा महानन्द जोशी ९८१८७८३८९३, डिसि नेपाल पत्रकार भरत पौड्याल, सुबास बस्नेत ९९५८२८८०३६ अथवा नजिको प्रहरी चौकीमा सूचना गरिदिनु हुनु हार्दिक अनुरोध गर्दछौ । सत्यतथ्य जानकारी दिने ब्यक्तिलाइ उचित इनामको समेत ब्यबस्था गरिएको छ ।

२०७६ असोज ६ गते ५:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर