ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै बार्सिलोनालाई जरिवाना

आजको खबर   |    प्रकाशित : २०७६ असोज १० गते २:५३

एजेन्सी । स्पेनिस फुटबल फेडेरेसनले ला लिगा च्याम्पियन बार्सिलोनालाई जरिवाना गरेको छ ।

फेडेरेसनले एन्टोनियो ग्रिजम्यानलाई अनुबन्ध गर्दा नियम तोडेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना गरेको हो ।बार्सिलोनाले ग्रिजम्यानलाई गत जुलाईमा एट्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

तर, ग्रिजम्यानको रिलिज क्लउज तयार हुँदै गर्दा बार्सिलोनाले सहमति बिना नै उनलाई अनुबन्ध गरेको एट्लेटिकोले आरोप लगाएको थियो । एट्लेटिकोले ग्रिजम्यानको रिलिज क्लउज २०० मिलियन रहेको बताएको थियो ।

एट्लेटिकोले ग्रिजम्यान अनुबन्ध गर्दा बार्सिलोनाले नियम तोडेको भन्दै फेडेरेसनमा उजुरी दर्ता गरेको थियो । फेडेरेसनले अनुसन्धान गर्दा बार्सिलोना दोषी देखिएको र जरिवाना गरिएको जनाएको छ ।

२०७६ असोज १० गते २:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर