प्रचण्ड आज भारत जाँदै, यस्तो छ भेटघाटको कार्यतालिका

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते ३:१०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) भारत जाँदैछन् । भारत सरकारको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रचण्ड दिउँसो साढे ३ बजे एयर इन्डियाको विमानमार्फत् भारत जाने उनको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले दिएको जानकारी अनुसार प्रचण्ड दिल्ली पुगेलगत्तै बिहीबारदेखि नै भेटघाट तथा छलफलमा व्यस्त हुनेछन् । उनी आजै दूतावासले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुनेछन् ।

शुक्रबार उनले इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर (आईसीडब्लूए) को कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । भारत भ्रमणका काममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेट गर्ने तालिका छ । त्यस्तै उनले बुद्धीजीवी र पत्रकारसँग पनि छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

प्रचण्डको भ्रमण भारतसँगको सम्बन्ध सुधारमा केन्द्रित हुने बताइएको छ ।

प्रचण्ड भदौ २४ गते स्वदेश फर्कनेछन् । उनको भ्रमण टोलीमा पत्नी सीता दाहालसँगै छोरी गंगा, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा रहनेछन् ।

नेपाल फर्किएको ६ दिनपछि उनी चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

२०७५ भदौ २१ गते ३:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर