भारतले प्रतिबन्ध लगाएपछि नेपालगञ्जका गोदाममा ४ हजार टन जडीबुटी थन्किए

आजको खबर   |    प्रकाशित : २०७६ असोज ११ गते ६:५३

नेपालगञ्ज । नेपालगञ्जका गोदाममा झण्डै चार हजार टन जडीबुटी थन्किएका छन्। भारतले नेपालबाट निकासी हुँदै आएको ५४ प्रकारका जडीबुटीमा प्रतिबन्ध लगाएपछि जडीबुटी निकासी हुन नसकेर गोदाममै थन्किएका हुन्।

नेपालबाट रिठा, कुटकी, दालचिनी, पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइललगायतका जडीबुटीको आयातमा भारतले छ महीनादेखि प्रतिबन्ध लगाएको छ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारीले केही वर्षदेखि ‘ट्रान्जिट परमिट’ को नाममा भारतले विभिन्न प्रकारका अवरोध सिर्जना गरेकाले जडीबुटीको निकासी न्यून हुँदै गएको बताए । रासस

२०७६ असोज ११ गते ६:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर