प्रिमियर लिग क्लब वेष्ट ह्याममा गोलकिपर दुई महिना मैदान बाहिर रहने

आजको खबर   |    प्रकाशित : २०७६ असोज १४ गते २:३४

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब वेष्ट ह्याममा गोलकिपर लुकास्ज फाबियान्सकी दुई महिना मैदान बाहिर रहने भएका छन् ।

हिप इन्जुरीको कारण वेष्ट ह्यामका पहिलो रोजाईका किपर फाबियान्सकी कम्तिमा दुई महिना मैदान बाहिर रहने भएका हुन् ।

फाबियान्सकीले शनिबार बर्नेमाउथविरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेल २-२ गोलको बराबरीमा सकिएको थियो । फाबियान्सकी चोटका कारण खेलको ३४ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

२०७६ असोज १४ गते २:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर