वर्षा बाधक हुँदा नेपाल र सिंगापुरको खेल रद्द, नेपाल सिरिजबाट बाहिरियो

आजको खबर   |    प्रकाशित : २०७६ असोज १६ गते १:२१

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपाल र घरेलु टिम सिंगापुरबीचको खेल रद्द भएको छ । वर्षाको कारण नेपाल र सिंगापुरबीचको खेल टस समेत नभई रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र सिंगापुरले १–१ अंक बाडेका छन् ।

उक्त खेल रद्द भएसँगै नेपाल सिरिजको उपाधि होडबाट बाहिरिएको छ । नेपालले ४ खेलमा ३ अंक जोड्यो । नेपाल दोस्रो स्थानमा रहेको छ । सिरिजमा नेपालले जिम्बावेसँग दुई खेल हारेको थियो । सिंगापुरलाई भने हराएको थियो ।

सिरिजको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो । यस्तै मंगलबार भएको तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको थियो ।

अब उपाधि होडमा जिम्बावे र सिंगापुर रहेका छन् । बिहिबार दुई टोलीबीच हुने खेलले सिरिज जित्ने टोलीको तय हुनेछ । जिम्बावे ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सिंगापुर ३ खेलमा ३ अंक जोडेर पुछारमा छ ।

नेपाल भने अब अर्को सिरिज खेल्न ओमान जानेछ । नेपालले ओमानमा ५ राष्ट्र सम्मलित टी-ट्वान्टी सिरिज खेल्नेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड रहेका छन् ।

२०७६ असोज १६ गते १:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर