गढीमाई मेलाका लागि सक्दो सहयोग गर्छु : नेतृ देउवा

आजको खबर   |    प्रकाशित : २०७६ असोज १८ गते ४:०८

कलैया । नेपाली काङ्ग्रेसकी नेतृ डा आरजु राणा देउवाले काङ्ग्रेस सरकारमा नरहे पनि आफ्नो स्तरबाट गढीमाई मेलालाई सक्दो सहयोग गर्ने बताएकी छन्।

पञ्च वर्षीय गढीमाईको मूल समितिको कार्यालयको उद्घाटन कार्यक्रममा सांसद राणाले मेलालाई व्यवस्थित गर्नका लागि सहमति, सहकार्य एवं एकताको खाँचो रहेको बताइन्।

‘सबैजना मिलेर मेलालाई व्यवस्थित गर्नुपर्छ’, उनले भनिन्। गढीमाईलाई विकास कोषको रूपमा अगाडि ल्याउनुपर्ने सांसद राणाको भनाइ थियो । नेपाल र भारतबाट मेला भर्न आउने भक्तजनको सुविधका लागि ध्यान उनले समितिका पदाधिकारीसँग आग्रह गरिन्।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन सो कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य राधेचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसिया, महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानु, कोषाध्यक्ष चन्द्रशेखर यादव, क्षेत्र नं २ का सभापति रामप्रवेश यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले मेलामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

२०७६ असोज १८ गते ४:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर