प्रहरी दिवसको अवसरमा मन्दिर तथा गुम्वा सरसफाई

आजको खबर   |    प्रकाशित : २०७६ असोज २४ गते १:१७

धादिङ । ६४ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा जिल्ला धादिङ निलकण्ठ नगरपालिका १२ स्थितमा दुर्गा मन्दिर तथा दुर्गा मन्दिर आसपासको एरियाका स्थानिय बासिन्दाहरु समेतको सहभागितामा दुर्गा मन्दिर सरसफाई गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइहरु ईलाका प्रहरी कार्यालय सुनौलाबजारद्वारा निलकण्ठ ६ गणेश मन्दिर‚ ईलाका प्रहरी कार्यालय गजुरीद्वारा गजुरी गाउँपालिका १ कालिका मन्दिर‚ प्रहरी चौकी धुवाकोटद्वारा निलकण्ठ नगरपालिका १४ भैरबी मन्दिर‚ प्रहरी चौकी जोगिमाराद्वारा बेनिघाट रोराङ गाउँपालिका ९ श्री शङखादेबि मन्दिर परिसर सरसफाई गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै प्रहरी चौकी महादेबबेशीद्वारा थाक्रे गाउँपालिका ६ महादेब मन्दिर‚ प्रहरी चौकी नलाङद्वारा सिद्धलेक गाउँपालिका १ भद्रकाली मन्दिर‚ प्रहरी चौकी ताल्तीद्वारा बेनिघाट रोराङ गाउँपालिका २ दुर्गा मन्दिर‚ प्रहरी चौकी सेमजोङद्वारा नेत्रावती गाउँपालिका ३ टासिजोङ गुम्बा र अस्थायी प्रहरी पोष्ट हाप्सेचौरद्वारा थाक्रे गाउँपालिका ७ दुर्गा मन्दिर स्थानिय बासिन्दाहरु समेतको सहभागितामा दुर्गा मन्दिर सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

२०७६ असोज २४ गते १:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर