रेखाको ‘मालिका’ युट्युवमा सार्वजनिक (पूरा फिल्म)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २४ गते १२:०६

काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा सार्वजनिक गरिएको छ ।

अघिल्लो वर्ष तिहारको समयमा रिलिज भएको थियो यो फिल्म ‘मालिका’। महिला सशक्तिकरण र हिंसाविरुद्धका विषयलाई चलचित्रमा उतार्ने रेखाले यो चलचित्रमा बालविवाह र सशक्तिकरण सम्बन्धी विषयलाई ‘मालिका’को कथामा उतारेकी छन् ।

रेखा थापाको अभिनय र निर्देशन रहेको चलचित्रमा कमला वलिको मुख्य भूमिका देखिन्छ । यो वर्षको दसैं र तिहारको शुभकामना र उपहार स्वरुप रेखा थापाले यो चलचित्र युट्युव रिलिज गरेकी हुन् । बुद्धा सुब्बा डिजिटलको युट्युब च्यानल मार्फत फिल्मलाई हिजो अर्थात बिहिवार सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् पूरा फिल्म …

२०७६ असोज २४ गते १२:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर