मिडिया हब र ‘सक्किगोनि’ बीचको विवाद टुंगियो

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ८ गते ९:१७

काठमाडौं। कार्यक्रम उत्पादक मिडिया हब प्रा.लि. र हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहबीचको विवाद टुंगिएको छ।

‘सक्किगोनी’ का पात्रहरु आफूले निर्माण गरेको ‘भद्रगोल’बाट लगिएको दाबीसहित मिडिया हबले प्रहरीमा उजुरी दिएको थियो। यस विषयमा छलफल गर्न प्रहरीले शुक्रबार दुवै पक्षलाई बोलाएको थियो। तर, उनीहरुले प्रहरीमा नगई पहिल्यै दुवै पक्षबीच सहमति गरेका छन्।

मिडिया हबका प्रमुख सोमप्रसाद धिताल, ‘सक्किगोनि’का प्रमुख पात्र अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) बीचको छलफलमा विवादको विषय सहमतिमा टुंग्याईएको हो।

अर्जुन घिमिरे (पाँडे)ले मिडियासँग कुरा गर्दै भने, ‘पछिल्लो समयमा उत्पन्न विवादित विषय यहीँ टुंगिएको छ र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमति गरेका छौं।’

यसअघि मिडिया हबको उत्पादनमा ‘भद्रगोल’मा काम गरेका जिग्री–पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गरिरहेको छ। उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट ‘भद्रगोल’को प्रशारण जारी राखेको छ।

अर्जुन घिमिरे (पाँडे)ले आफूहरुबीचको विवाद टुंगिएको फेसबुकमार्फत समेत जानकारी दिएका छन्।

‘सक्किगोनी’ भाग ६ :

२०७६ कार्तिक ८ गते ९:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर