चीनले अमेरिकी कृषि उत्पादन खरिदलाई बढाउने

आजको खबर   |    प्रकाशित : २०७६ असोज २९ गते १:४३

बेइजिङ । बेइजिङले अमेरिकी कृषि उत्पादन खरिदलाई वृद्धि गरिसकेको र यसलाई अझ बढाउँदै लैजाने चीनको विदेशमन्त्रालयका प्रवक्ताले बताएका छन् ।

स्थानीय बजारको माग र चिनियाँ कम्पनीहरूको आफ्नै पहलमा उनीहरूले अमेरिकी कृषि सामग्रीहरूको खरिद गरेको र यो बजारकेन्द्रित अवधारणा अनुसार गरिएको हो,” प्रवक्ता केङ सुआङले नियमित पत्रकार भेटघाटमा बताए ।

यो बर्ष दुई करोड टन भटमास, सात लाख टन सुगुरको मासु, सात लाख टन ‘सोरघम’ दुई लाख ३० हजार टन गहुँ र दुई लाख २० हजार टन कपास अमेरिकाबाट चीन भित्रिएको केङले बताए ।

उनले आगामी दिनमा चीनले अमेरिकी खाद्यान्नजन्य कृषि उत्पादनको आयातलाई बढाउँदै जाने पनि बताए ।

२०७६ असोज २९ गते १:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर