अत्याधिक जाडोले गर्दा नाक बन्द भएको छ ? यसरी खुलाउनुहोस् (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ५ गते १:४०

जाडो बढ्दै गएपछि धेरैजनालाई रुघाखोकीले सताउँछ । अनि नाक बन्द हुन्छ । नाक बन्द भएपछि मानिस झर्कोफर्को गर्न थाल्छन् र कुनै काम गर्न पनि मन लाग्दैन ।

त्यसबाट छुटकारा पाउनका लागि मानिसहरू अनेक किसिमका औषधि सेवन गर्छन् । यहाँ हामी केही यस्ता घरेलु औषधिका बारेमा बताउँदैछौं जसले बन्द नाक खोल्न सहायता गर्छन् ।

बाफ पानीमा पुदिनाका पातहरू उमाल्नुस् । अनि यो पानीले बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने आराम पाउनुहुन्छ ।

स्याउको अमिलो बन्द नाक खोल्नका लागि स्याउको अमिलो लाभदायक हुन्छ । एक गिलास तातो पानीमा दुई चम्चा स्याउको अमिलो र आधी चम्चा मह मिसाएर पिउनुस् । बिहानै उठेर पिउँदा फाइदा हुन्छ ।

लसुन भेजिटेबल सूपमा लसुनको पोटी हालेर पिउनुस् । खानामा लसुन प्रयोग गर्नुस् ।

कागती र मह एक चम्चा कागतीको रसमा केही थोपा मह मिसाएर दिनको चारचोटि पिउनुस् । यसले पनि बन्द नाक खुलाउँछ ।

२०७६ कार्तिक ५ गते १:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर