नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ५ गते ९:२९

काठमाडौँ । नेपाली परम्परागत हस्तकलाको प्रवद्र्धन तथा बिक्री वितरण गर्न नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन तथा मेला आयोजना गरिएको छ। केरुङको स्थानीय सरकारको आयोजनामा नेपाल हस्तकला महासङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म उक्त मेला आयोजना गरेको हो।

मेलामा धातुका मूर्ति, पश्मिना, थाङ्का, ऊनी, फेल्ट, टेक्साइल, गार्मेन्ट तथा चाँदीका गरगहना प्रदर्शन गरिएका महासङ्घका उपनिर्देशक ऋषिराज सुवेदीले जानकारी दिए ।

“नेपाली हस्तकला सामानको चीनको बजारमा प्रवद्र्धन गर्नु मेलाको मुख्य उद्देश्य हो”, उनले भनिन् । मेलामा नेपाली २५ कम्पनी तथा फार्मले हस्तकला प्रदर्शन गरेका छन्।

यस्तै मेलामा ‘बी टु बी’ छलफल हुनेछ । केही दिनअघि मात्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको भ्रमणमा आउनु र चीनमा नेपाली हस्तकला प्रदर्शन हुनुले नेपाल–चीन सम्बन्धलाई झन् मजबुद बनाएको महासङ्घले जनाएको छ। रासस

२०७६ कार्तिक ५ गते ९:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर