चर्चित र्यापर भिटेन (समीर घिसिङ) पक्राउ

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ७ गते ७:३२

काठमाडौं। चर्चित र्यापर भिटेन पक्राउ परेका छन्।

बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले भिटेन उर्फ समीर घिसिङलाई जाउलाखेलबाट नियन्त्रणमा लिईएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए।

भिटेन पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो’ बोलको र्याप गीतबाट चर्चामा आएका थिए। त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको प्रहरीको बर्दीमा रहेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए।

गीतमा उनले ‘पुलिसचौकी भित्र गर्छु दारु खाँदै मस्ती’ भन्ने वाक्य समेत प्रयोग गरेका छन्। ‘गीतमा प्रहरीलाई नै जथाभावी भनिएको छ’ एसएसपी थापाले भने ।

थापाका अनुसार भिटेनमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाईनेछ।

२०७६ कार्तिक ७ गते ७:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर