लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ९ गते २:२१

एजेन्सी । लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा शानदार जित निकाल्दै लेस्टर सिटीले साबिक विजेता म्यानचेस्टर सिटीलाई पछि पारेको हो ।

अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले साउथह्याम्प्टनलाई ९–० ले पराजित गरेको हो । पहिलो हाफमा पाँच गोल गरेको लेस्टरले दोस्रो हाफमा चार गोल गरेको थियो । १२ औँ मिनेटमा रायन बर्ट्रेन्ड रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि साउथह्याम्प्टन १० खेलाडीमा सीमित भएको थियो । लेस्टर सिटीका अयोजे पेरेज र जेमी भर्डीले ह्याट्रिक गरे ।

पेरेजले १९, ३९ र ५७ औँ मिनेट तथा भर्डीले ४५, ५८ र इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । भर्डीले इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गरे । यस्तै बेन चिलवेलले १० औँ, यूरी टिलेमान्सले १७ औँ तथा जेम्स म्याडिसनले ८५ औँ मिनेटमा गोल गरेका हुन् ।

लेस्टर सिटीले प्रिमियर लिगमा फराकिलो जितको कीर्तिमानसँग बराबरी पनि गरेको छ । २४ वर्षअघि अर्थात सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले इप्सविचलाई ९–० ले नै पराजित गरेको थियो । १० खेलबाट २० अंकसहित दोस्रो स्थानमा पुगेको लेस्टर शीर्ष स्थानको लिभरपुल भन्दा पाँच अंकले पछाडी रहेको छ ।

यस्तै लेस्टर सिटीले प्रिमियर लिगमा अवे मैदानमा हालसम्मकै फराकिलो जित दर्ता गरेको हो । लिगको १३१ वर्षको इतिहासमा अवे मैदानमा यो सबैभन्दा फराकिलो जित हो ।

२०७६ कार्तिक ९ गते २:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर