द भ्वाइसबाट आउट भएर चम्कियो बैशालीको भाग्य १ राजेश पायल राइले वैशालीसंग गीत गाउने
आजको खबर | प्रकाशित : २०७६ कार्तिक १८ गते ५:३९

काठमाडौँ । यतिबेला द भ्वाइस अफ नेपाल सिजन २ को नकआउट चरणबाट बाहिरिएकी भारत सिलुगढीकी बैशाली लामा चर्चामा रहेकी छिन् ।
द भ्वाइस अफ नेपालमा कोच राजु लामाको टिममा रहकी उनी नकआउट चरणबाटै बाहिरिएपनि चर्चामा आउन सफल भएकी छिन् । नकआउट चरणमा उनीसहित दार्जलिङकि आकांक्षा थापा र सिकिमकी गीता शर्मालाई कोच राजु लामाले प्रतिस्पर्धा गराएका थिए ।
कोच राजुले लाइभ राउण्डका लागि भने गीता शर्मालाई मात्र अगाडि बढाएपछि बैशाली लामा र आकंक्षा थापाको द भ्वाइस अफ नेपालको यात्रा भने समाप्त भइसकेको छ । र, द भ्वाइस अफ नेपालबाट बैशाली लामा आउट हुने बित्तिक्कै उनको भिडियो अन्र्तवार्ता लिइएको थियो ।
यसैबिच हाल आएर बैशाली लामाको लागि विदेशबाट नै गायक राजेश पायल राईले एउटा निकै ठूलो खुशीको खबर दिएका छन् । राई इज किंग अर्थात चर्चित गायक राजेश पायल राईले द भ्वाइस अफ नेपालबाट बाहिरिएकी बैशालीलाई साथ दिने भएका छन् ।
शनिवारको एपिासोडबाट बाहिरिएकी लामालाई सामाजिक सञ्जाल मार्फत एउटा स्टाटस अपलोड गर्दै राजेश पायल राईले बैशालीसँगै एउटा युगल गीत तयार रहेको बताएका छन् ।
थप जानकारीका लागि भिडियो पूरा हेर्नुहोस् …