सावधान ! पानी धेरै पिउँनु स्वास्थ्यका लागि हानिकारक
आजको खबर | प्रकाशित : २०७५ असोज १ गते १४:४६
काठमाण्डौ । हरेक प्राणीहरूको जीवन पानीले नै धानेको हुन्छ। सम्पूर्ण प्राणीहरूको जीवन प्रक्रियाहरूमा पानीले महत्वपूर्ण भुमिका खेल्ने गर्दछ। मानव शरीरको बोसो बाहेकको पिण्ड मध्ये लगभग ७२% पानीले ओगटेको हुन्छ। सबैले भन्दै आएको वाक्य हो, पानी जति पिउँदा पनि हुन्छ केही हुँदैन् । तपाईले पनि अहिले सम्म पानी जति पिए पनि केही हुँदैन भन्ने सुन्नु भएको होला । तर ख्याल गन्नुहोस् , पानी धेरै पिउँदा वेफाईदाहरु पनि हुन्छ ।
१. खाना खाने वित्तिकै चिसो पानी पिउनाले शरीरलाई हानी पुग्न सक्छ ।
२. एकदमै गर्मी वा दौडधुपबाट आउने वित्तिकै पानी पिएमा ज्यानैपनि जान सक्छ ।
३. खाली पेटमा पनि पानी पिएमा सर्दी र जुका पर्न सक्छ ।
४. रोगी तथा स्वस्थ व्यक्तिले पनि आवश्यक भन्दा बढी पिउनु हुँदैन ।
५. असन्तुलित रुपमा पानी पिएमा शरीरलाई असर गर्छ ।
६. आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्न सक्छ ।
७. पानीको ओभरडोजले तपाईंको शरीर भित्रको सेलहरु ड्यामेजपनि हुन सक्छ ।
८. बिरामीहरुले आवश्यक भन्दा बढी पानी पिए त्यसले स्वास्थ्यलाई असर गर्छ ।
९. आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले पेट भित्रको पाचन रसले काम गर्न छोड्छ । त्यसपछि थप समस्या उत्पन्न हुन सक्छ ।