प्रधानमन्त्री ओलिको नयाँ घोषणा – अब ग्यासको पाइप होइन, चुलोचुलोमा बिजुलीको तार !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ६ गते १२:११

काठमाडौं । प्रधानमन्त्री कपी शर्मा ओलीले घरघरमा बिजुली पुर्‍याउने घोषणा गरेका छन् । अबको तीन वर्षमा चुलोचुलोमा बिजुलीको तार हुने उनले आज एक कार्यक्रमका बीच घोषणाा गरेका हुन।

एसियाली विकास बैंकको सहयोगमा काठमाडौं ल्याइएका विद्युतीय बसको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन।ओलीले भने ‘मैले त्यो बेला ग्यासको पाइप चुलामा भन्ने भाषण गर्दा खुब चर्चा चल्यो, अब ग्यासको पाइप होइन, छिटै नै हामी चुलो चुलोमा बिजुलीका तार भन्ने युगतिर जाँदैछौं ।’

पहिलो पटक प्रधानमन्त्री हुँदा पाइपबाट ग्यास पुर्‍याउने बताएका ओलीले अब घरघरमा पाइपबाट ग्यास नभइ घरघरमा बिजुलीका तार पुर्‍याउने बताएका हुन् । आयातीत इन्धनको साटो आफ्नै देशमा उत्पादन हुने बिजुली प्रयोग गर्ने प्रधानमन्त्री ओलीले बताए।

भारतको नाकाबन्दीका कारण नागरिकले एक सिलिन्डर ग्यास र एक लिटर पेट्रोल पनि पाउन नसकेको बेला ओलीले घरघरमा पाइपबाट ग्यास पुर्‍याउने योजना सुनाउँदा खुब मजाक पनि उडाइएको थियो। त्यो कुरा गफ मात्रै सिमित हुन पुग्यो । उक्त घोषणाबाट प्रधानमन्त्रीपछि हटेपछि फेरि यस्तो अभिव्यक्ति आएको हो ।

प्रधानमन्त्री ओलीको भाषणले हल हाँसोमयनै भएको थियो । हाँसो रोकिन नपाउँदै उनले भने, ‘संसार छिटो छिटो बगेको छ, हामीले पनि ३ वर्षमा योजना बदलेर ग्यास पाइप चुलोमा होइन बिजुलीको तार चुलोमा पुर्‍याउने हो, केही मान्छेलाई फेरि पनि अनौठो लाग्न सक्छ, तर दुनियाँ बदलिरहेको छ।’

प्रधानमन्त्री ओलीले विद्युतीय सवारी साधन प्रर्वद्धनका लागि सरकारले छुट्टै ईकाई नै गठन बताए। सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी साधन पुर्याउने लक्ष्य सहित सरकारले काम गरिरहेको भन्दै उनले त्यसका लागि छुट्टै इकाई नै गठन गरेर संचालन गरिने समेत जानकारी दिए।

२०७५ कार्तिक ६ गते १२:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर