यस्तो छ भाइटीकाको शुभ साइत !
आजको खबर | प्रकाशित : २०७५ कार्तिक २२ गते १२:००
काठमाण्डौ । नेपालीहरुको दोश्रो महान चाड तिहारको आज चौथो दिन गोभर्दन पुजा गरेर मनाइएको छ । भोली तिहारको अन्तिम दिन भाइटीका । भाइटिका लगाउने उत्तम साइत भोली शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सदस्यसचिव डा.सूर्य ढुंगेलका अनुसार मनुष्यको पूजा मध्याह्न कालमा गरिन्छ, सोहीअनुसार साइत खोज्दा दिउँसो ११ बजेर ५५ मिनेटमा उत्तम साइत निस्किएकाे छ ।
उनले भने, ‘यो समय शुभ छ, अभिजित मुहूर्त भएकाले सबै दोष नाश गर्ने उक्त समयमै भाइटीका लगाउनु उत्तम हुन्छ तर त्यसपछिको समयमा पनि टीकालाई साइत हुन्छ । नभ्याउनेले त्यसपछि पनि लगाउन सक्छन् ।’ भाइटीका लगाउनुअघि दियो, कलश र गणेशको, त्यसपछि अष्टचिरञ्जीवी र त्यसपछि यमराज–यमुनाको पूजा गर्ने चलन छ ।
२०७५ कार्तिक २२ गते १२:०० मा प्रकाशित