नेपाली क्षमिकलाई ठुलो झड्का, मलेशियामा विदेशी कामदारबाट २० प्रतिशत तलब कटौती गर्ने प्रस्ताव
आजको खबर | प्रकाशित : २०७५ मंसिर २९ गते १५:२९
काठमाडौं । गएको कात्तिक ११ गते मलेशियासँग श्रम समझादारी गरेर हौसियको नेपालका लागि मलेशियाले भने ठूलो झट्का दिने संकेत देखिएको छ ।
मलेशिया सरकारका मानव संशाधन मन्त्री एम कुला सेगारानले विदेशी कामदारको तलबमा २० प्रतिशत तलब कटौती गर्ने प्रस्ताव गरेका छन् । उनले यस्तो प्रस्ताव गएको हप्ता मलेशियाको राष्ट्रिय मजदुर सुझाव परिषद्मा पठाएको जानकारी दिएको मलेशियाको अनलाईन पत्रिकार दस्टारले जनाएको छ ।
मलेशिया सरकारको यस्तो तयारीले मलेशियामा रहेका र मलेशिया जाने आशामा रहेका नेपाली श्रमिकमाथि निकै समस्या हुने देखिएको छ ।
मन्त्री सेगारानले भनेका छन्, ‘प्रस्ताव नेशनल लेबर एड्भाइजरी काउन्सिलमा दर्ता गरेका छौं र निर्णय हुनुअघि सरोकारवालासँग खला छलफल गर्दैछौं ।’
यो प्रस्तावले रोजगारदाता र कामदार दुबैको जित हुने उनको तर्क छ । उनका अनुसार यसरी कटौती गरिने तलब समाजिक सुरक्षा संगठनमा राखिनेछ र श्रम इजाजत सकिएपछि फर्किनेबेलामा दिइनेछ ।
यस्तै व्यवस्था गरेर कोरिया र जापानका उद्योगले कामदार भाग्नबाट रोक्ने गरेको उदाहरण पनि उनले दिए ।