सरकार कहिले बन्छ शौचालय?

सम्झना पौडेल प्रकाशित : २०७५ असार २५ गते ११:४८

सम्झना पौडेल

काठमाडौं। तपार्इ बिहानै कहिल्यै जमल, रत्नपार्क, कलंकि या अन्य कुनै बाटो निस्कनु भएको छ भने तपार्इलाई पक्कै पनि वान्ता हुन्छ होला । किनकि काठमाडौंको यस्तो र्दुदशा र हालत देखेर। जताततै दिशानै दिसा, पिसाव र रक्सी बियरका बोतल बढी भेटिन्छन्।

महानगरपालिकामा जस्तो ठाउँमा छैन् सडक छेउमा सार्वजनिक शौचालय। सडकमा हिड्ने वटुवा होस वा जनताको सेवाका लागि खटिएका कर्मचारी जसलाई जतिवेला पनि शौचालयको आवश्यकता पर्न सक्छ।

तर काठमाडौंका सडक छेउ कतै सार्वजनिक शौचालय देखिदैन। जथाभावी दिशा पिसाव गर्दा वातावरण समेत दुर्घन्धित हुन्छ। शौचालय, चर्पी, ट्वाइलेट, रेस्टरुम जे भने पनि मानव जीवनशैली र सरसफाईका लागि चर्पीको आवश्यकता अपरिहार्य रहेको छ। चर्पीको प्रयोग आधारभूत आवश्यकता पर्दछ।

नेपालमा विस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो शहरीकरणको नमूना जिल्लाहरूमा नगर विस्तारका सोंचहरूमा सार्वजनिक शौचालय प्राथमिकतामा पर्न सकेको छैन। काठमाडौं उपत्यका जस्तो महानगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा नहुनु अत्यन्तै लजास्पत विषय भएको छ।

त्यसैले सरकारले धरहरा निर्माण गर्नु भन्दा पहिले वातावरण सफा राख्नका लागि शौचालय निर्माण गर्न जरुरी देखिन्छ। विश्वमा २ अर्ब ४० करोड मानिस शौचालय विहीन छन्। अझै पनि विश्वका लगभग अढाई करोड मानिसले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ।

१० मध्ये एकले अझैपनि शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनले देखाएको छ। सुरक्षित चर्पी तथा खानेपानी अभावमा झाडापखाला जस्तो सामान्य रोगबाट मृत्यु हुने बालबालिकाको दर उच्च छँदैछ। सर्वसाधारणले व्यक्तिगत सरसफाइमा ध्यान दिने हो भने फोहोरबाट सिर्जित रोगबाट सजिलै बच्न पनि सकिन्छ।

शौचालयको प्रयोगका लागि शौचालय नभएको घरमा छोरी नदिनेदेखि सामाजिक वहिष्कारसम्म गर्ने ह्वीम श्रृजना गरेर विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले व्यापक भूमिका खेलेका छन्। तर अझै पनि कतिपय परिवारले शौचालय बनाउन सकेका छैनन्। बनाएकाले पनि सही प्रयोग गर्न सकेका छैनन्। सबै नेपालीमा आधारभूत सरसफाई पुर्याउने अभियान चलिरहेको छ।

दिगो खानेपानी र सरसफाइ विकासको कार्यक्रमले नेपालमा रोजगारीको अवसरलाई अझै खुला गर्नेछ भने सरसफाइको क्षेत्रमा भएको प्रगतिले मानिसको उत्पादन क्षमतामा वृद्धि गर्नेछ। कमजोर सरसफाइको कारणले हुने सबै प्रकारका हानी(नोक्सानीहरूलाई घटाउन सबै लाग्नु पर्दछ।

२०७५ असार २५ गते ११:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर