साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बोलबमको भीड, हेर्नुहोस् तस्विर
आजको खबर | प्रकाशित : २०७५ साउन १४ गते ८:५०

काठमाडौं। आज साउनको दोस्रो सोमबार देशभरका शिवालयहरुमा भक्तजनहरुको घुँइचो लागेको छ। शिवालयहरुमा साउने सामेबारका व्रतालु महिलाका साथै बोलबम तीर्थयात्रीहरु पनि विहानैदेखि जल चढाउन र पूजा गर्न उपस्थित भएका छन्।
पशुपतिनाथ मन्दिरमा पनि विहानै देखि बोलबम तीर्थयात्रीको घँइचो लागेको छ। उनीहरुले सुन्दरीजलबाट जल ल्याई खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरमा जल चढाउने गर्दछन्।
हरेक साउन महिनाको सोमबार शिव मन्दिरमा शुद्ध जल चढाएमा पाप पखालिई पुण्य कमाइने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।
तस्विर:आर्यन धिमाल
२०७५ साउन १४ गते ८:५० मा प्रकाशित