कविता–‘तुलना कति खराब छ’–पुस्पा जोशी ‘काली’
आजको खबर | प्रकाशित : २०७५ असार २७ गते ७:२९

तुलना कति खराब छ
एउटा कदम आफू अगाडि हुँदा
उ आफू केहिबेर अघि पछाडि भएको बिर्सन्छ
र केहिबेर पछि पछाडी पर्छु भन्ने पनि बिर्सन्छ
मात्र उसलाई अगाडि याद हुन्छ
आफू बिजेता जो बन्नु छ
चाहे उसले एउटा कदम अधि चाल्दा
अर्को कदम स्वयं पछाडी सरेको किन नहोस्
कदमलाइ सत्य स्वीकार छैन
कुनै हालतमा छैन
मात्र स्वीकार छ त केवल
आफू अर्को कदम भन्दा अगाडि छु
यस्तै भ्रमको जालो भित्र फसेर कदमहरुले प्रतिस्पर्धा गरिरहेछन् ।।
पुस्पा जोशी ‘काली’
धनगढी, कैलाली
२०७५ असार २७ गते ७:२९ मा प्रकाशित