विपद् व्यवस्थापन अभ्यासमा सेना
आजको खबर | प्रकाशित : २०७५ असार २७ गते ११:३४

रामपुर, पाल्पा । गोरखदल गणले नेपाली सेनालाई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि अभ्यास गराएको छ ।
जिल्लाको सामाजिक कार्यमा सक्रिय रहँदै आएको गोरखदल गणले तत्काल आइपर्ने प्राकृतिक प्रकोपजस्ता घटनाको व्यवस्थापनका लागि जवानलाई अभ्यास गराएको हो ।
भैपरी आउने विपद् उद्धारका लागि जवानलाई पूर्वतयारी गराउन अभ्यास गराइरहेको गोरखदल गणले जनाएको छ ।
नेपाली सेना भूकम्पलगायत ठूला विपद्का घटनापछि खोज, उद्धार र राहतका लागि जस्तोसुकै ठाउँमा पनि खटिनुपर्ने भएकाले पूर्व तयारीका लागि तानसेनको अप्पुभिलेजस्थित भिरमा अभ्यास गरिरहेको छ । रासस
२०७५ असार २७ गते ११:३४ मा प्रकाशित