१८ औँ एशियाली खेलकूद अभ्यासका लागि नेपाल गल्फ खेलाडी थाइल्याण्ड प्रस्थान

आजको खबर   |    प्रकाशित : २०७५ साउन १४ गते १४:०२

काठमाडौँ । इन्डोनेसियामा आयोजना हुने १८ औँ एशियाली खेलकूद ९एशियाड० को थप तयारीका लागि नेपाल गल्फ टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ।

आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिता तयारीका लागि गल्फ सङ्घका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड गएका हुन्। नेपाली गल्फ टोलीले एशियाडमा पुरुषतर्फ टिम इभेन्ट र एकलमा प्रतिस्पर्धा गर्नेछन्।

नेपाल ओलम्पिक कमिटी ९एनओसी०का अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली गल्फले पछिल्लो समय निकै मेहनत गरको भन्दै सफलताको शुभकामना दिए। खेलाडीमा टङ्कबहादुर कार्की, शुक्रबहादुर राई, पृथ्वी मल्ल र अजित विक छन्।

२०७५ साउन १४ गते १४:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर