रोनाल्डो आफ्नो नयाँ घर पुगे, अब अभ्यास थाल्ने

आजको खबर   |    प्रकाशित : २०७५ साउन १४ गते १४:३७

एजेन्सी । पोर्चुगिज कप्तान तथा रियल मड्रिडका पूर्व स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफ्नो नयाँ घर टुरान पुगेका छन् । रोनाल्डो आइतबारनै इटाली पुगेका हुन् ।

रियल मड्रिडबाट आश्चर्यजनक रुपमा इटालियन युभेन्ट्स पुगेका रोनाल्डोले सोमबारदेखि आफ्ना नयाँ खेलाडी साथीहरुसँग अभ्यास थाल्ने छन् । ३३ वर्षिय रोनाल्डो रियल मड्रिडबाट एक सय मिलियन युरोमा युभेन्ट्स अनुबन्ध भएका हुन् ।

यसअघि रोनाल्डोले विश्व उत्कृष्ट इंग्लीस क्लव म्यानचेस्टर युनाइटेडबाट पनि खेलेका थिए । रोनाल्डोले म्यान्यूमा १ च्याम्पियन्स लिग उपाधि जितेका थिएभने मड्रिडमा ४ पटक च्याम्पियन्स लिग जिते ।

लियोनल मेस्सीसँगै रोनाल्डोले ५–५ पटक बालुन डि ओर अवार्ड समेत जितेका छन् । गत सिजनको फिर्फा वर्ष उत्कृष्ट खेलाडी रोनाल्डो यस पटक पनि फिफा वर्ष खेलाडीको मनोनयनमा परेका छन् । रोनाल्डोले १५ दिनअघि सम्पन्न विश्वकपमा ४ गोल गरेका थिए ।

वर्तमान फुटबलका सुपरस्टार रोनाल्डोलाई गेम चेन्जर तथा गोल मसिनको रुपमा समेत चिन्ने गरिन्छ । उनले युभेन्ट्सबाट समेत महत्वपूर्ण उपलब्धि हासिलगर्ने विश्लेषकहरु बताउँछन् ।

भर्खरै उनको युभेन्ट्समा स्वास्थ्य परिक्षण भएको थियो । ३३ वर्षिय रोनाल्डोको शारिरिक शक्ति तथा स्टामिना २२ वर्षिय युवक बराबर रहेको बताइएको थियो।

रोनाल्डोसँगै क्लवका अन्य मुख्य खेलाडीहरु डग्लास कोस्टा, रोड्रिगो बेन्टाकुर, मारियो मान्जुकिज, गोन्जालो हिग्वेन र मार्को पिजाकापनि इटाली पुगिसकेका छन् । प्रि–सिजनका विभिन्न खेलहरु भइरहँदा रोनाल्डो आफ्नो पूर्व क्लव रियल मड्रिडविरुद्धको खेलमा उपस्थित हुनेछैनन् ।

रोनाल्डोसँगै अन्य मुख्य खेलाडीहरुले पनि कुनै प्रि–सिजनका खेलहरु खेल्ने छैनन् ।

२०७५ साउन १४ गते १४:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर