एक महिना कैद छल्न २५ वर्ष फरार
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते ५:१६

बेँसीशहर, लमजुङ । पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट एक महिना कैद र एक हजार रुपैयाँ जरिवाना गरिएपछि फरार रहेका बेँसीशहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई एक हजार रुपैयाँ जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीब्रता दिएको छ ।रासस
२०७५ साउन १६ गते ५:१६ मा प्रकाशित