महाकालीमा डुबेर बालक बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ साउन १६ गते ६:०१

डडेल्धुरा । बाख्रा चराउन गएका ११ वर्षीय बालक पानी खान खोज्दा ढुंगाबाट चिप्लेर महाकाली नदीमा बेपत्ता भएका छन् ।

महाकाली नदीले बगाएर डडेल्धुरा पर्शुराम नगरपालिका–५ का प्रवेश सिंह बेपत्ता भएका इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । जिल्लाको पर्शुराम नगरपालिका–५, परिगाउँका ११ वर्षीय प्रवेश सिंह मंगलबार साँझ बाख्रा चराउने क्रममा नदीका पानी पिउन खोज्दा महाकालीमा बगेर बेपत्ता भएका हुन् ।

बाख्रा चराउन गएका सिंह पानी पिउने क्रममा ढुंगाबाट चिप्लेर नदीमा बगेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए। प्रहरी र गाउँलेले उनको खोजी कार्य जारी राखेको भए पनि अहिलेसम्म फेला नपरेका इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।

बेपत्ता बालकको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।रासस

२०७५ साउन १६ गते ६:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर