एक दिवसीय क्रिकेट : नेपालसामु नेदरल्याण्ड्सद्वारा १९० रनको लक्ष्य प्रस्तुत

आजको खबर   |    प्रकाशित : २०७५ साउन १६ गते १३:०७

काठमाडौँ। नेदरल्याड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ। नेदरल्यान्ड्सस्थित भिआरए मैदानमा भएको एक दिवसीय क्रिकेटमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको हो।

नेदरल्याड्सले ४७ ओभर ४ बलमा १ सय ८९ रन बनाउँदा सबै विकेट गुमायो। नेपालका लागि कप्तान पारस खड्का एक्लैले चार विकेट लिन सफल भए। यस्तै सोमपाल कामीले तीन साथै सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एकरएक विकेट लिए।

२०७५ साउन १६ गते १३:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर