कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुँदै
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते २३:४६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
बुधबार नतिजा सार्वजनिक गर्ने भनेपनि प्राविधिक समस्याले नतिजा सार्वजनिक गर्न नसकिएको बोर्डले जनाएको छ। मंगलबार नै नतिजा प्रकाशनका लागि सबै काम सकिसकेको बोर्डले जनाउदै बुधबार नतिजा सार्वजनिक गर्ने जानकारी गराएको थियो ।
काम गर्दै जाँदा केही प्राविधिक समस्या आएकाले बाँकी रहेको काम फाइनल गरि आज मात्र नतिजा सार्वजनिक गरिने बोर्डले बताएको छ । कक्षा १२ को परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी भएका छन् ।
२०७५ साउन १६ गते २३:४६ मा प्रकाशित