अल्सर, कब्जियत देखि पिसाब सम्बन्धि समस्याको लागि रावाण : बन्दा !

आजको खबर   |    प्रकाशित : २०७५ साउन १७ गते १२:४३

एजेन्सी । बन्दा एक बहुउपयाेगी तरकारी हाे । यसमा कैयौं औषधीय गुण हुन्छन् । तरकारी बाहेक बन्दालाई सलादका रुपमा पनि प्रयोग गरिन्छ । बन्दामा रहेका सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
– काँचो बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ ।
– बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ ।
– बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ ।
– बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ ।
-रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।

२०७५ साउन १७ गते १२:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर