एनसेलले ल्यायो ‘ फुच्चे डेटा प्याक’ !

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १३:०४

एनसेलले आफ्ना प्रयोगकर्ताहरुलाई ‘फुच्चे प्याक’ ल्याएको छ । एनसेल प्राइभेट लिमिटेडले डेटा सेवा अन्तर्गत प्रयोगकर्ताहरुलाई ‘फुच्चे प्याक’ ल्याएको हो । डेटा प्याक अन्तर्गतको २५ एमबी डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजी, थ्रीजी तथा फोरजीमा बिहान ५ देखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सक्नेछन् । फुच्चे डेटा प्याक भोलीदेखी लागु हुने एनसेलले जानकरी दिएको छ ।

सानो भोलुमको डेटा प्याक चलाउन चाहने ग्राहकका लागि मात्र ५ मा डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलको दाबी छ । ग्राहकले आफ्नो म्यासेज बक्समा ५ (अंग्रेजी अंक पाँच) टाइप गरी १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन् । एनसेलले ग्राहकको माग अनुरुप राम्रो डेटा प्याक अन्तर्गत विभिन्न भोलुमको डेटा प्याक उपलब्ध गराउँदै आएको छ ।

२०७५ साउन १९ गते १३:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर