अनौठो चलन ! जहाँ दुलहीको बिहे केरासँग गराइन्छ

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १४:३०

संसारमा अनौठो अनौठो चलन हुने गर्छन् । यी चलन हामीलाई नौलो लागेपनि उनीहरुका लागि भने सामान्य लाग्छन्, जसले ती परम्परालाई अङ्गाल्दै आएका छन् । छिमेकी देश भारतको एक ठाउँमा पनि यस्तै अचम्मको चलन छ ।

भारतको असम, बोगाइगाउँ जिल्लाको सोलमारी भन्ने गाउँमा कस्तो रीति छ भने त्यहाँ किशोरीको बिहे केरासँग गराइन्छ । उक्त राज्यमा दुलही त युवती नै हुने गर्छिन् तर दुलाहा भने केराको बोट हुने गर्छ ।

भारतको एक मिडियाले लेखेअनुसार यो बिहेलाई तोलिनी बिहे भनेर भन्ने गरिन्छ । गाउँको रिवाज अनुसार बच्चा उमेर पार गरेर जो किशोरी अवस्थामा पुग्छिन्, तब उनीहरुको बिहे केराको बोटसँग गरिन्छ ।

तर, यस विषयलाई लिएर अझै पनि खुलेर कुरा भने गरिन्न । भारतका कतिपय गाउँमा यस्ता खालका अनेक रीतिरिवाज भने छन् ।

यो बिहे गर्दा ठूलै नाचगान पनि हुने गर्छ । बिहेको तयारी हुन्छ, तर त्यो समयमा युवतीलाई सूर्यको प्रकाशबाट बचाएर राखिन्छ । खानामा पनि युवतीलाई फलफुल र काँचो दूध मात्र खान दिइन्छ । यो समयमा कुनै पुरुषले युवतीको अनुहार हेर्न पाउँदैनन् । बिहेको समारोह युवतीहरुले नै आयोजना गर्ने गर्छन् ।

२०७५ साउन १९ गते १४:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर