दुई वर्षदेखि अवरुद्ध मोबाइल सेवा आजबाट सुचारु

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १४:३६

खोटाङ । खोटाङको उत्तरी क्षेत्रमा डेढ वर्षदेखि अवरुद्ध मोबाइल सेवा पुनः शुरु भएको छ। रिपिटर टावरमा आएको खराबीका कारण २०७३ असोजदेखि अवरुद्ध मोबाइल सेवा मर्मतपछि आजबाट शुरु भएको हो।

केपिलासगढी गाउँपालिका–१ फेदीमा रहेको रिपिटर टावर मर्मतपछि अवरुद्ध मोबाइल सेवा सञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ। अवरुद्ध मोबाइल सेवा डेढ वर्षपछि सञ्चालन भएपछि सेवाग्राहीलाई सहज भएको छ।

मोबाइल सेवा शुरु भएपछि केपिलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खार्मी र जालपा, रावाबेँसी गाउँपालिकाको हौंचुर र कुभिण्डे तथा छिमेकी जिल्ला भोजपुरलगायत डेढ दर्जनभन्दा बढी गाउँका स्थानीय बासिन्दालाई सहज भएको छ।

लामो समयसम्म मोबाइल सेवा अवरुद्ध हुँदा जिल्लाका उत्तरी क्षेत्रका सेवाग्राही तीन/चार घण्टा पैदल यात्रा गरेर टावर टिप्ने ठाउँमा पुगी आफन्तलाई सम्पर्क गर्न बाध्य बनेका थिए। टेलिकमले रु साढे चार करोडको लगानीमा चार वर्षअघि ९०० मेगाहर्जको एसडिआर जिएसएम मोबाइल बिटिएस जडान गरिएको थियो।

टावर सञ्चालनका लागि स्थानीय जलविद्युत् आयोजनाबाट विद्युत् उपलब्ध गराइएको छ भने विकल्पमा टेलिकमले सोलार प्यानलसमेत जडान गरेको छ।

२०७५ साउन १९ गते १४:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर