कानुनकी विद्यार्थीको पोर्न फिल्मको यात्रा
आजको खबर | प्रकाशित : २०७५ साउन १९ गते १५:२८

बीबीसी। बीबीसी थ्रीसँग कुरा गर्दै कानुनकी विद्यार्थी आफ्नो पूरै कहानी सुनाइन्। उनले कसरी पोर्न फिल्मलाई अपनाइन्? आउनुस पढ्नुस् २२ वर्षीया युवतीको कहानी।
म २२ वर्षकी भएँ। र विगत तीन वर्षदेखि पोर्न फिल्ममा काम गरिरहेकी छु। म सधैं सोच्ने गर्थे की म एक वकिल बन्छु। तर विश्वविद्यालयमा पाँच वर्ष कानुनको पढाइ गर्ने क्रममा मेरो चोस परिवर्तन भयो।
म निकै मेहनत गर्थेँ। प्रत्येक दिन सात देखि आठ घण्टासम्म लेक्चरलाई लिएर काम गर्थेँ। तर पैसा कमाउने कुनै बाटो फेला पार्न सकिन।
हुन त मलाई पैसाको खासै आवश्यकता थिएन। मैले शिक्षाकालागि लोन पाएकी थिएँ। म कसैमाथि निर्भर रहन चाहन्न थिएँ। म सधैं पैसाका विषयमा आत्मनिर्भर हुन चाहन्थे।
मेरी एक साथीले मोडलिङमार्फत पैसा कमाउन सकिने कुरा सुनाइन्। उनले कुनै फोटोग्राफरमार्फत आफ्नो फोटो खिचाउने सल्लाह दिइन् ताकि म आफ्नो पोर्टफोलियो बनाउन सकौं। मैले यो अवसरलाई सदुपयोग गरेँ।
अण्डरवेयरमा भयो शुटिङ
सुरमा मैले मोडलिङ कपडा लगाएरै गरेँ। पछि अण्डरवेयरमा शुटिङ गरेँ। यी तस्वीर ती पत्रिकाकालागि थियो जसलाई पोर्न कम्पनीले सम्पर्क गर्थे। उनीहरुले मलाइ यहाँ काम गर्ने भनेर सोधे। मैले त्यहाँ काम गर्ने विषयमा चार महिनासम्म सोचेँ। मलाइ के लाग्यो भने यहाँ काम गर्नुपर्छ। यहाँ काम गर्न सजिलो पनि छ। मेरो फैसलालाई लिएर मेरो केही धारणा पनि थियो। मलाइ थाहा थियो एक पटक पोर्न इण्डस्ट्रीमा काम गरेपछि वकिलको रुपमा करियर बनाउन सजिलो हुँदैन।
म सधैं यौनका विषयमा खुला रहेँ। म बेला बेलामा वयस्कको पार्टीमा गइरहन्थे। मलाइ सेक्स गर्नु निकै रमाइलो लाग्छ। त्यही भएर मैले पोर्न फिल्ममा काम गर्ने निर्णय गरे। मलाइ के लाग्यो भने मेरो यो भिडियो कसैले पनि हेर्दैनन्। तर वास्तविकता के भयो भने मेरो पहिलो भिडियो लाखौंले हेरे।
सेक्स २० मिनेटको खेल
मलाइ पोर्न भिडियो शुटिङ गर्ने प्रक्रिया निकै राम्रो लाग्छ। मलाइ यसमा कुनै समस्या हुँदैन। म पहिलादेखि नै सेक्स पार्टीलाई लिएर निकै सहज थिएँ। सेक्स २० मिनेटको खेल हो। त्यही कारण यो धेरै सजिलो छ। म जति सेक्स गर्छु त्यति मै मायामा डुब्छु। मैले प्रत्येक महिला करिव १५ सिन गर्न सुरु गरेँ।
मैले डिग्रीसँगै पोर्न एक वर्षसम्म गरे। तर मैले सन्तुलन बनाउन सकिन। अन्तिममा विश्वविद्यालयका प्रोफेसरले कानुन र पोर्न सँगै जान नसक्ने बताउनु भयो।
प्रोफोसरले इज्जतदार मानिसको पेशा कानुन भएको र म त्यो पेशाबाट धेरै टाढा पुगिसकेको बताउनु भयो। मेरो अनलाइन प्रोफाइद पोर्नस्टारको थियो। मैले निर्णय गर्नु पर्ने थियो कानुनको साथ दिउँ या नदिउँ।
मैले पोर्नलाई नै रोेजेँ। यो कुनै सजिलो निर्णय थिएन। मैले के आँकलन गरेँ भने प्रत्येक महिला पोर्नबाट कति पैसा कमाउन सक्छु। र, कानुनबाट कति? यद्यपी यो विषय तपाइँको प्रोफाइलमाथि निर्भर हुन्छ।
पैसा धेरै कमाएँ
तपाइँ पोर्नको एक शुटिङमा ४४ हजारदेखि ८८ हजारसम्म कमाउन सक्नुहुन्छ। उता अमेरिकामा यसकालागि डेढ लाख रुपैयाँसम्म दिइन्छ। मैले के निर्णय गरेँ भने जतिबेलासम्म कानुनको पढाइ पूरा हुन्छ त्यतिबेलासम्म पोर्नको कमाइले आफ्नै घर किन्छु।
मलाइ थाहा छ, एउटा वकिलले एक वर्षमा लाखौं रुपैयाँ कमाउँछ। तर, त्यसकालागि बारको परीक्षा पास गर्न आवश्यक हुन्छ। र बारको परीक्षा पास गर्नु सजिलो काम होइन। विश्वविद्यालयको पढाइ पूरा गरेपछि पनि जागिर पाइन्छ भनने कुनै ग्यारेन्टी छैन।
आज म आफ्नो बेवसाइटकालागि काम गरिरहेकी छु। आजका मितिमा ट्विटरमा पेरा ९० हजार फलोअर्स छन्। यति नै फलोअर्स इन्स्टाग्राममा पनि छन्। मैले विस्तारै विस्तारै पूर्वी लन्डनमा एक फ्ल्याट किनेकी छु। जनवरीमा म अमेरिका जाने सोचिरहेकी छु।
बीबीसी हिन्दीबाट