सपनामा यस्तो देख्नु हुन्छ ? जान्नुहोस् कस्तो सपना शुभ र अशुका लक्षणको संकेत

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १७:१८

गहिरो निन्द्रामा भएको बेलामा तपाई जुन सपना देख्नुहुन्छ त्यस्ता सपनाले तपाईको भविष्यका शुभ र अशुका लक्षणको संकेत गर्छ । अवचेतन मस्तिस्कमा आएका दृश्यहरुले तपाईको वास्तविक जीवनमा पनि असर पर्न सक्छ । यस्ता केही सपनाले तपाईलाई धनी वनाउने मार्गमा लान लागिरहेको हुन्छ तर तपाईंलाई थाहा नहुन सक्छ ।

थाहा पाउनुस् यस्ता सपनाका केही शुभ संकेतका बारेरमा जसलाई देख्दा तपाईमाथि लक्ष्मीको कृपा हुनेवाला छ ।

सपनामा हरियाली देख्नु
यदी तपाई हरेक रातको सपनामा हरियाली युक्त बगैचा, हरिया रुख विरुवा देख्नु हुन्छ भने तपाईंलाई चाढै नै धेरै धनलाभ हुने संकेत गर्दछ । यसका साथै सपनामा लक्ष्मीको बाहन उल्लूलाई देख्नु भयो भने तपाईलाई चाँढै धन प्राप्ति हुने वाला छ ।

शंखको आवाज
सपनामा तपाई शंख तथा मन्दिरको घण्टको आवाज सुन्नु हुन्छ भने तपाईलाई चाँढै धनको वर्षा हुने संकत गर्दछ ।

रातो साडी लगाएकी महिला
यदी तपाई कुनै काममा जाँदै हुनुहुन्छ र बाटोमा रातो साडी लगाएकी, श्रंगार गरेकी कुनै स्त्री देख्नुुहुन्छ भने तपाईको अगाडि उनी महालक्ष्मीको रुप लिएर आएकी हुन्छिन् । जसको अर्थ तपाईको धन प्राप्तिको योग छ ।

फूल देख्नु
विहान उठ्ने वित्तिकै फूल देख्नु शुभ मानिन्छ । यसका साथै फूलको माला पनि शुभ संकतको रुपमा लिने गरिएको छ । जसलाई तपाईले सपनामा देख्दा समेत धनको योग चाढै मिल्ने छ ।

कन्यालाई पैसा दिनु

हिन्दू शास्त्रमा शुक्रबारको दिन महालक्ष्मीको दिन मानिन्छ । यदी तपाईले यस दिन कन्यालाई सिक्का दिनुभयो भने तपाईंको लागि यो लक्कि दिन हुनेछ । यस सिक्काले तपाईंको धन प्राप्तिलाई सहयोग पु-याउँछ ।

गाईलाई देख्नु
यदी तपाई घरबाट बाहिर निस्कन लागेको बेलामा सेतो रंगको गाई देख्नु भयो भने शुभ संकत हो । कालो गाइ देख्नुभयो भने खास लाभ हुने छैन ।

सेतो रंगको सर्प
यदी तपाईले सपनामा सेता या सुनौलो रंगको सर्प देख्नुभयो भने तपाईको घरमा लक्ष्मीको कृष हुन संकेतको, तपाईलाई चाढैंनै ठूलो हात पर्न सक्छ ।

हात्ती देख्नु
सपनामा यदी तपाई हात्ती घोडा, गहू देख्नुहुन्छ भने तपाईको धनलाभको समय आएको प्रतित हुन्छ ।

२०७५ साउन १९ गते १७:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर