‘सुहागरात’मै गहना र पैसा लुटेर भागिन् बेहुली

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते २:००

नयाँदिल्ली । हामीमाझ कहिलेकाँही त्यस्ता अनौठा कुराहरु आइपुग्छन् । जुन कुरा सजिलै विश्वास गर्न गाह्रो भएपनि सत्य हुन्छन् । भारतमा एउटा यस्तै रोचक घटना भएको छ । नेपालसँगै सिमाना जोडिएको भारतीय राज्य बिहारस्थित भभुआ शहरमा एकजना बेहुली सुहागरातकै दिन बेहुलाको घरबाट सबै सामान लुटेर फरार भएकी छन् ।

संगीता नामकी ति बेहुलीले सुहागरातकै दिन आफ्ना नयाँ पतिको घर रित्याइन । उनका आमा–बाबु छैनन्, उनी एउटा नातेदारकहाँ बस्दै आएकी थिइन् ।

पीडित पक्षका अनुसार बुहारी बनाएर ल्याइएकी युवतीले गहना र नगद तथा घरका अन्य सामान लिएर फरार भएकी हुन् । यो घटना २२ जुलाईको हो । जानकारी अनुसार शिला देवीका ४० वर्षीय छोरा पंकज कुमारको बिहे २५ वर्षीया संगीता कुमारीसँग भएको थियो । दुवैको बिहे धुमधामसँग एउटा मन्दिरमा भएको थियो ।

बिहेपछि संगीता नवदुलाहासँगै नयाँ घरमा पुगिन् । सुहागरातका लागि पंकज र संगीताको कोठालाई फूलले पनि सजाइयो । तर लुटेरा बेहुलीको योजना अर्कै थियो ।

उनले बहाना बनाएर पतिसँग सुत्न इन्कार गरेर अर्कै कोठामा सुतिन् । भोलिपल्ट जब पंकज र उनका परिवारका सदस्यको निद्रा खुल्यो तब बेहुली करिब १ लाख ९० हजारको गहना र ३६ हजार रुपैयाँ नगदसहित फरार भइसकेकी थिइन् । यो घटना सार्वजनिक भएसंगै पंकजको घर संगै छिमेकमा हंगामा भयो ।

त्यसपछि पीडित पक्षले लमीलाई बोलाएर फरार बेहुली उपस्थित गराउन चेतावनी दिएका छन् । संगीताको बिहेका लागि लमीको काम गरेका व्यक्तिले पंकजका परिवारलाई फरार बेहुलीलाई २ देखि ४ दिनमा ल्याउने आश्वासन दिएका थिए ।

तर फरार दुलही फिर्ता नआएपछि पीडित परिवारले लमी र दुलहीविरुद्ध पुलिसमा जाहेरी दिएका छन् । लमी पनि ती युवतीका नातेदार भएको खुलेको छ। अहिलेसम्म बेहुली फरार छिन् । पुलिसले ती बेहुलीको खोजीकार्य गरिरहेको छ ।

२०७५ साउन २० गते २:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर