‘बचाउ अभियान’बारे साउदीका संघ–संस्थाको आ–आफ्नै तर्क

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते ०:३९

तेज वहादुर थापा

साउदी अरब । साउदी अरबमा ‘बचाउ अभियान’ बारे विभिन्न संघ–संस्थाले आ–आफ्नै तर्क दिँदै आएका छन्।

साउदी अरबको दमाममा स्थापित अन्तरसंस्था समन्वय समितिको अगुवाइमा गत २७ जुलाईमा रियाद स्थित नेपाली दूतावासका महामहिम राजदूत डा। महेन्द्र सिंह राजपुतलाई बुझाइएको निबेदनमा बिभिन्न संघसंस्थाको स्वच्छ सामाजिक गतिविधिमा प्रहार भएको ति संस्था सम्बद्ध पदाधिकारीहरूले बताएका छन्।

नवलपरासी प्रवासी मञ्चका पूर्व अध्यक्ष एवं ‘थानेश्वर भुषाल बचाउ’ अभियान कर्ता बिरेन्द्र चौधरीले आफ्नो फेसबुक स्टाटस मार्फत खेद प्रकट गर्दै खण्डन गरेका छन्।

नवलपरासी प्रवासी मञ्चको तर्फबाट संकलित कुल २७ हजार ७ सय साउदी रियाल अर्थात् नेपाली रूपैयाँ ७ लाख ५२ हजार ८ सय बिस PNCC ले उपलब्ध गराएको बैंक खातामा जम्मा गरिसकेको र गत ४ जनवरी २०१८ देखि थानेश्वर उद्दार अभियानको नाममा नवलपरासी प्रवासी मञ्चसंग एक रूपैयाँ बचत नरहेको उल्लेख गर्दै ‘कथित अन्तरसंस्थाले नवलपरासी प्रवासी मञ्चको नाम जोडेर अझै संस्थासंग बचत रहेको रकम अन्य पीडितका निमित्त प्रयोगमा ल्याउनुपर्छ भनि तथ्यहिन, कपोलकल्पित एवं भ्रामक निबेदन दूतावासमा बुझाएको प्रति पुनः खेद ब्यक्त गर्दछौं’–उनको स्टाटसमा भनिएको छ।

त्यसैगरी गैर आवासीय नेपाली संघ साउदी अरबले पनि हिजो एक प्रेस बिज्ञप्ति जारी गरी भ्रमित आरोप भन्दै खण्डन गरेको छ। मानवीय सेवामा समर्पित सर्वव्यापी संस्थाहरुको क्रियाशीलतामा प्रश्न उठाउदै धावा बोल्ने गरेकोप्रति एनआरएनए साउदी अरबको गम्भीर ध्यानाकर्षण भएको छ।

‘आफूहरुले माखो मार्न नसक्ने र अरुले गरेको सामाजिक कामप्रति डाहा र ईर्ष्या पोख्दै आफ्नो स्वार्थ अनुकुल आफूहरुलार्इ रकम उपलब्ध नगराएको झोकमा कपोल कल्पित तरिकाले मानवीय सम्बेदनशिलता गुमाएर गरिएको उजुरी र दुस्साहस पूर्ण भ्रम सिर्जना गरेको दुश्प्रयासलाई एनआरएनए साउदी अरब घोर भत्सर्ना गर्दछ।’ बिज्ञप्तिमा भनिएको छ।

संघले आफ्ना बिभिन्न कार्यक्रमका दौरान आय व्ययको विवरण, कोष अध्यावधिक सहित लेखापरीक्षण सहितको प्रतिबेदन पारदर्शीरूपमा सार्वजनिक गरिएको बताउदै ‘रामचन्द्र तिमिल्सिना’ बचाउन अभियानका संकलित रकम साउदी रियाल ७० हजार २७० नगद नेपाली राजदूतावास रियादमा हस्तान्तरणको लागि गएको र नियमानुसार दुतावासमा रकम जम्मा गर्न नमिल्ने भएपछि दूतावासमै बैठक बसी ‘आकस्मिक उद्दार कोष र निर्देशिका’ तयार पारी रकम सुरक्षित राख्ने निष्कर्षमा पुगेको थियो भने पछि बिभिन्न बैठकहरूबाट निर्देशिका पारित सहित ‘आपतकालिन उद्धार कोष’ स्थापना गरी पीडित श्रमिकको हितमा प्रयोग गर्दै आइरहेको छ।

दोस्रो आममाफी दौरान सोही रकमबाट दमाम सिको गार्डेनको छेउमै श्रमिक सेल्ट नै स्थापना गरी सेवा दिइएको थियो, भने साउदी अरबका अन्य बिभिन्न क्षेत्रहरू जेद्धा, अलकासिम, रियाद तथा ताबुकमा समेत आम माफिका दौरान धेरै नेपालीहरूलाई सहयोग गरिएको थियो।

त्यसैगरी पछिल्लो चरणमा उक्त कोषबाट थानेश्वर भुषालकै उद्दारका निमित्त २ लाख ५० हजार रूपैयाँ सहयोग उपलब्ध गराएको थियो।

त्यसैगरी तथ्यगत कुराहरूको सुक्ष्म अध्ययन नगरी केही झुण्डहरूले अकारण दोषारोपण गरी पूर्बाग्रही ढंगले निबेदनमा नाम मुछी संस्थाको छवीमा धावा बोल्ने काम भएको छ। यस गम्भिर र काल्पनिक हर्कतप्रति पिएनसीसीका अध्यक्ष कुल प्रसाद कार्कीले निश्वार्थ र निश्पक्ष ढंगले संचालन गरिएको अभियानलाई ईर्ष्या गरेकोप्रति ध्यानाकर्षण भएको फेसबुक स्टाटस लेखेका छन्।

भने जेद्दामा थानेश्वर उद्दार अभियानका सचिव तथा पिएनसीसी समन्वयकर्ता अञ्जन पोखरेलले थानेश्वर भुषाल बचाउ अभियानमा संकलिन सबै रकमको पुर्ण बिवरण सम्प्रेषण गर्दै ‘कुत्सित मानसिकताले ग्रसित कुनै गल्लीमा गुच्चा खेल्ने झुण्डहरूले निबेदन बुझाउन आए भन्दैमा नेपाली दूतावासले आफ्नो गरिमा र मर्यादालाई आँखा चिम्लिएर त्यस्ता कागजका खोस्टाहरू ग्रहण गर्न नहुने बताउदै निबेदन प्रति भर्सना गरेका छन्।

२०७५ साउन २१ गते ०:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर