लाजिम्पाटमा यौन धन्दा चलाउने २ युवती पक्राउ, खुल्यो यस्तो रहस्य
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते ६:२२

काठमाडौं । काठमाडौं लाजिम्पाटमा यौन धन्दा चलाउने २ युवती पक्राउ परेका छन्।
पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा तामाङ तितुङलाई प्रहरीले एक युवतीको उजुरीका आधारमा पक्राउ गरेको हो।
उनीहरुले गत शुक्रबार एक युवतीलाई आफ्नो कोठीमा लगेर युवकसँग जबरजस्ती सम्बन्ध राख्न लगाएका थिए। आफ्नो फ्लाइटलाई उनीहरुले कोठी बनाएर वेश्यावृत्ति धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ।
उनीहरुले ग्राहकहरुसँग मोटो रकम असुल्ने गरेको समेत अनुसन्धानमा खुलेको छ। पक्राउ परेकालाई प्रहरीले मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाएको छ।
२०७५ साउन २१ गते ६:२२ मा प्रकाशित