नेता पाल्नै समस्या प्रदेशका मन्त्रीलाई लाखौं रुपैंया तलब

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते ८:२०

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीदेखि सांसदसम्मको तलबमा मात्रै मासिक ४३ लाख खर्च हुने गरेको देखिएको छ । प्रदेश सभा सचिवालय, मन्त्री तथा मुख्यमन्त्रीका सेवा सुविधा सम्बन्धी पारित ऐनमा गरेको व्यवस्था अनुसार प्रत्येक महिला ४३ लाख खर्च हुने देखिएको हो ।

इन्धन, मोबिल, सञ्चार, निजी सचिवालय, सवारी र अन्य भत्ताहरू बाहेक नै महिनाको खर्च यति देखिएको हो । ९३ जना प्रदेशसभा सदस्यहरू भएको प्रदेश १ मा पाँच जनाको मन्त्रिमण्डल छ । जसमा मुख्यमन्त्रीको तलब ६० हजार नौ सय ६० रुपैयाँ तोकिएको छ । यस्तै अन्य चार मन्त्रीको तलब ५२ हजारका दरले दुई लाख आठ हजार हुन्छ । यस्तैगरी, प्रदेशका सभामुखको तलब ५३ हजार छ भने उपसभामुखको तलब ५० हजार छ ।

प्रमुख प्रतिपक्षी दलका नेताको तलब ५० हजार छ भने सत्तापक्षको र पक्षिपक्षका प्रमुख सचेतकको तलब ४९ हजारका दरले ९८ हजार हुन्छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकहरूको तलब ४७ हजारका दरले ९४ हजार हुन आउँछ । मुख्यमन्त्रीदेखि सचेतकहरू भएर बाँकी रहेका ८१ जना प्रदेश सांसदहरूको मासिक ४५ हजारको दरले ३६ लाख ४५ हजार खर्च हुन्छ । यसरी हाल भएको पाँच सदस्य मन्त्री मण्डलका सदस्यदेखि प्रदेश सांसदहरूको अन्य सेवा सुविधाहरू बाहेकको तबलको खर्च मात्रै ४२ लाख ५८ हजार नौ सय ६० हुन्छ ।

२०७५ साउन २१ गते ८:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर