के तपाईलाई धेरै पसिना आउँछ ? यस्ता छन् कारण र समाधानका उपाय !

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १०:२७

गर्मी मौसममा पसिना आउनु स्वभाविक हो र यो स्वास्थ्यका लागि आवश्यक पनि मानिन्छ । तर बढी पसिना आउने मानिसलाई डिहाइड्रेसन या नुनको कमी हुने जस्ता समस्या निम्तन सक्छ । धेरै पसिना आउनु कुनै स्वास्थ्य समस्या नभएपनि पसिनाको ग्रन्थीमा गडबडी, तनाव, हार्मोनमा गडबडी, बढी मसाला भएको खाना, बढी औषधि सेवन,मौसम तथा मोटोपनाका कारण हुन सक्छ । बढी पसिना आउने स्थितिलाई ‘हाइपरहाइड्रोसिस’ भनिन्छ।

किन आउछ पसिना ?

शरीरमा तापमान नियन्त्रित राख्नका लागि शरीरमा पसिना आउनु जरुरी मानिन्छ । हाम्रो शरीरको तापमान ९८.६ डिग्री फरेनहाइट हुनुपर्छ । यसलाइ सन्तुलनमा राख्न शरीरमा २५ लाख पसिनाका ग्रन्थी हुन्छन् । यी ग्रन्थीले एयरकन्डिसनिङको काम गर्छन् । बाहिरी कारण होस् या खानपान, तातो बढेपछि शरीर चिसो बनाउन यी ग्रन्थीबाट पसिना निक्लन सुरु गर्छन् । पसिना हावामा सुकेपछि शरीरको तापमान कम हुन्छ।

हरेक मानिसको शरीरलाई पसिनासम्बन्धी आवश्यकता अलग–अलग हुन्छन् । कसैलाई पसिना कम आउछ भने कसैलाई बढी । त्यसैले शरीरमा कति पसिना आउनुपर्छ भनेर कसैले निर्धारण गर्न सक्दैन, शरीरको आवश्यकताअनुसार निर्धारण हुन्छ । पसिनाले शरीरलाई हानी गर्ने खालका पदार्थ जस्तै, अल्कोहोल, कोलेस्टेरोल तथा नुनको मात्रालाई बाहिर निकाल्छ । पसिनामा प्राकृतिक रुपमा एन्टी माइक्रोबियल पेप्टाथाइड हुन्छ, जसले क्षयरोगजस्ता रोगका किटाणुबाट रक्षा गर्छ।

पसिना आउने प्र्रक्रियाको सम्बन्ध बाहिरीमात्र नभई आन्तरिक पनि हुन्छ । चिन्ता, डर या तनावजस्ता अवस्थामा पनि पसिना आउछ । यसका अलावा यौवनावस्था सुरु हुँदा शरीरमा हुने हार्मोनको परिवर्तनका कारण शरीरका पसिना ग्रन्थीहरु सक्रिय हुन्छन् । यस्तो सबै व्यक्तिमा हुन्छ । तर हाइपरहाइड्रोसिसको समस्याबाट पीडित व्यक्तिमा सामान्य मानिसमा भन्दा बढी पसिना आउछ । त्यो पसिना ब्याक्टेरियाको सम्पर्कमा आएपछि शरीरबाट दुर्गन्ध आउछ।

किन हुन्छ हाइपरहाइड्रोसिस ?

हाइपरहाइड्रोसिस स्नायु प्रणालीसंग सम्बन्धित एक सामान्य गडबडी हो । यसलाई तीन भागमा बाँड्न सकिन्छ– स्नायु प्रणाली, भावनात्मक या हार्मोनल गडबडी या बहिरी वातावरण । यो समस्याबाट पीडित व्यक्तिका पसिना ग्रन्थी बढी सक्रिय हुने हुनाले बढी पसिना आउछ । करिब ८ प्रतिशत भारतीय बढी पसिना आउने समस्याबाट पीडित भएको पाइएको छ।

हात या पैतालामा बढी पसिना आउने समस्यालाई ‘पाल्मोप्लोटर हाइपरहाइड्रोसिस’ भनिन्छ । यसको लक्षण सानो उमेरमै देखिन्छ । यसमा शरीर चिसो बनाउने प्रक्रिया धेरै नै सक्रिय हुन्छ।

मुटुसम्बन्धी समस्याको संकेत

कुनै कामविना नै बढी पसिना आउनु मुटु रोगको पूर्वसंकेत हुन सक्छ । यसअनुसार अवरुद्ध धमनीले मुटुमा पम्प गर्न बढी मिहिनेत गर्नुपर्छ । जसका कारण बढी पसिना आउछ । यदि बढी पसिना आउछ र छाला बढी च्यापच्याप भएको महसुस हुन्छ भने तत्काल चिकित्सकसंग परामर्श लिनुपर्छ।

सरसफाईमा ध्यान दिनुपर्छ

बढी पसिना आउने समस्या छ भने सरसफाईमा विशेष ख्याल गर्नुपर्छ । यसबाट बढी पसिना आउनबाट धेरै हदसम्म रोक्न सकिन्छ । व्यक्तिगत सरसफाई कायम राख्नाले छालाको संक्रमण र समस्याबाट पनि बँच्न सकिन्छ।

खानपानमा ध्यान दिनुपर्छ

दिनहुँ एक कप गोलभेंडाको जुस सेवन गर्नाले बढी पसिना आउने समस्याबाट राहत मिल्छ । यसका अलावा ग्रीन टी नियमित रुपमा पिउनाले स्वास्थ्य राम्रो हुनुका साथै पसिनालाई पनि नियन्त्रित गर्छ। पानी बढी पिउनाले पसिनाको दुर्गन्धबाट छुटकारा मिल्छ । स्ट्रबेरी, अंगुर, बदामजस्ता फलफूलमा सिलिकन बढी हुनाले पसिना पनि धेरै बन्छ ।

यस्ता उपाय अपनाएर बढी पसिना आउने समस्या समाधान गर्न सकिन्छ । तर पनि कम भएन भने चिकित्सकसंग सम्पर्क गर्नुपर्छ ।

२०७५ साउन २१ गते १०:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर