बाबुआमाले रक्सी पिउन २ सय रुपैयाँ नदिएपछि युवकले मच्चाए यस्तो हंगामा

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते ११:४८

रक्सी पिउने बानी भएको छोरालाई बाबुआमाले गाली गर्नु सामान्य कुरा हो । हाम्रो समाजमा यस्ता धेरै घटनाहरु भएका पनि छन् । रक्सीको लत लागेका छोराछोरीलाई बाबुआमाले हप्काउँछन् उस्तै परे हातै उठाउँछन् तर बाबुआमाले नै सन्तानलाई रक्सी पिउन पैसा दिएको घटना भने विरलै सुन्न पाइन्छ ।

यस्तै एक युवकले घरमा बाबुआमासँग रक्सी पिउन २ सय रुपैयाँ मागे । बाबुआमाले भने पैसा दिएनन् बरु उल्टै हप्काए । यही कारण परिवारसँग रिसाएका युवकले एक दिन दिनभर पूरै गाउँ जम्मा हुनेगरी हंगामा गरेका छन् । यो रोचक रक्सी काण्ड भारतको हरियाणा राज्यको हिसारमा भएको हो । यहाँको नाइवाला गाउँका एक युवकलाई परिवारले रक्सी पिउन पैसा नदिएपछि उनी मोवाइलको टावरमा चढेर हंगामा मच्चाए ।

उनी टावरमाथि चढेपछि पूरै गाउँ त्यहाँ जम्मा भयो । युवकले टावरमा चढेर आफूलाई २ सय रुपैयाँ नदिए टावरबाट तल झर्दै नझर्ने अडान लिए । गाउँलेहरुले उनलई तल झर्न भनिरहे तर युवकले मानेनन् । ओम प्रकाश नामका ती युवकको नौटंकी करिब २ घण्टा चल्यो । अन्ततः गाउँलेले उनलाई २ सय रुपैयाँ दिने लोभ देखाएर तल झारे ।

२०७५ साउन २१ गते ११:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर